logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निदान अस्पतालका सिइओ सहित ५ जना थुनामा


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका मृर्गौला किनबेचमा संलग्न भएको आरोपमा पक्राउ परेका सिइओ, डाक्टरसहित पाँच जनालाई थुनामा पठाइएको छ ।

मंगलबार जिल्ला अदालत ललितपुरले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।अदालतले काठमाडौं-२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका-९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आलेलाई थुनामा पठाएको हो ।

मृर्गौला किनबेचमा संलग्न भएको आरोपमा २९ असोजमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि प्रहरीले मानव अंगको कारोबार कसुरमा मुद्दा चलाएको थियो ।