logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दरबारमार्ग बलात्कार काण्ड : मुख्य अभियुक्तलाई पाँच वर्ष कैद


अंकुरण खबर
2.886K
Shares

काठमाडौं – काठमाडौं जिल्ला अदालतले दुई वर्षअघि राजधानीको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्षको कैद सजाय सुनाएको छ।

अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय सुनाइएको हो । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ । कार्कीले पीडित भनिएकी युवतीका प्रेमी भनिएका थिए ।

तर, उनकै सहयोगमा काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमले पनि सामूहिक बलात्कार गरेको अभियोग थियो । अदालतले श्रेष्ठ र गौतमलाई १४ महिना कैद सजाय सुनाएको छ ।