logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेस्तोल र गोलीसहित दुईजना पक्राउ


अंकुरण खबर
1.378K
Shares

चितवनबाट स्वचालित पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् ।

दाङको तुलसीपुर–१२ धनौरीका मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ का नारायण बुढाथोकी पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय भण्डाराले एउटा पेस्तोल र पाँच राउण्ड गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो । बा.८५प ८०८४ नम्बरको मोटरसाइकलमा राप्ती नगरपालिका–६ हर्दीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।