काठमाडौं – देशका पश्चिमी क्षेत्रमा मौसम केही बदली भए पनि अरु क्षेत्रमा भने सफा नै रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
कमजोर निम्न चापीय प्रणालीको प्रभावका कारण पश्चिमी क्षेत्रमा बदली भएको हो । हाल देशका पश्चिमी भूभागमा सामान्य बदली तथा मध्य क्षेत्रमा आंशिक बदली भएको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।
बिहीबार दिनभर नै पश्चिमी क्षेत्रमा सामान्य बदली हुने सम्भावना छ । मध्य र पूर्वका केही क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।