डडेल्धुरामा बसेको सत्रौ अनशन नवौं दिनमा स्थगित गरेर तराई झरेका डा. गोविन्द केसी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्।
डडेल्धुराबाट बुधबार साँझ ७ः३० बजे धनगढी पुगेका उनलाई जाँच गरेपछि चिकित्सकहरुले उपचारका लागि अस्पतालमै बस्न सुझाव दिएका हुन्।
अनशनका कारण डा. केसीको स्वास्थ्यमा समस्या देखिएकाले उनलाई आरामको आवश्यकता रहेको उपचारमा सम्ललग्न सेती प्रादेशिक अस्पतालका डा. निराजनदत्त शर्मा पौडयालले बताएका छन् ।
अस्पतालकौ शैयाबाटै डा. केसीले राष्ट्रियतासँग जोडिएको कालापानी र लिम्पुयाधुरा अतिक्रमणको मुद्दाका कारण अनशन स्थगित गरेपनि आफ्ना माग पुरा नभए पुनः अनशन बस्ने चेतावनी दिए। उनले जनताको स्वास्थ्यसँग जोडिएका मुद्दालाई गम्भीरता लिई आफूसँग गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारसँग आग्रह समेत गरे।