logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – प्युठानमा जीप दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

आज बिहान भिंग्रीबाट पानी बोकेर स्वर्गद्वारीतर्फ जान लागेको ग २ च ५२४९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ । गाडी करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाईतेको प्राथमिक स्वास्थ्य चौकी भिग्रीमा उपचार भइरहेको छ ।