logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ह्वात्तै बढ्यो सुनको मूल्य


अंकुरण खबर
871
Shares

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन ६ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुन तोलामा ६ सयले बढेर ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन तोलामा ७१ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन आज प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको छ ।