logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रबिन्द्र अधिकारीले थालेका काम आफूले पूरा गर्छु : विद्या भट्टराई


अंकुरण खबर
1.118K
Shares

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराईले स्वर्गीय पर्यटनमन्त्री रबिन्द्र अधिकारीले थालेका योजनाहरु आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

बिहीबार चुनावी प्रचारका क्रममा पोखरामा घरदैलोपछि आयोजित चुनावी कोणसभा कार्यक्रममा बोल्दै उनले रबिन्द्रले अगाडि सारेका पोखरा चक्रपथ निर्माणदेखि निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माणसम्मको काम सम्पन्न गर्ने जिम्मा अब आफूले लिने बताएकी हुन् ।

उनले पोखरेलीको चाहना र रविन्द्रको सपनाका रुपमा रहेको पोखरा चक्रपथ, विमानस्थल लगायतका पूर्वाधार निर्माणमा आपूले जिम्मा लिने बताएकी हुन् ।

उम्मेदवार विद्याले सुकुम्बासीलाई लालपूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता जनाइन् ।

उनले भनिन् ‘तपाईंहरुले बसेको ठाउँको लालपूर्जा तपाईंहरुले पाउनै पर्छ, अब अस्थायी रुपमा बसोबासका लागि दिइएको सेतो लालपूर्जाको ठाउँमा रातो लालपूर्जा दिनैपर्छ, रातो लालपूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता म व्यक्त गर्दछु ।’