मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित गणेश मन्दिरको चन्दा बाकस र घण्टी चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुली घर भई हाल ललितपुर टिकाथली बस्ने सागर बहादुर कार्कीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
कार्कीले बुधबार दिउँसो उक्त मन्दिरको चन्दा बाकस र घण्टी चोरी गर्दै गरेको अवस्थामा स्थानीयवासीले फेला पारी प्रहरीलाई खबर गरे पश्चात महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।