logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मधुमेहबारे जान्नै पर्ने कुरा : सावधानी अपनाए सामान्य,लाप्रवाही गरे गम्भीर असर


अंकुरण खबर
1.638K
Shares

आज विश्व मधुमेह दिवस ।  नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइएको छ । तथ्याङ्कका अनुसार नेपालको कूल जनसङ्ख्याको ४ प्रतिशत नागरिक मधुमेह रोगको शिकार भएका छन् । त्यसमध्ये पनि निकै कम सङ्ख्या मात्रै चिकित्सकको सम्पर्कमा आउने गरेको पाइन्छ । मधुमेह के हो ? यो हुने कारण ? यसका लक्षण र बच्ने उपायबारे अंकुरण खबरका लागि मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा.नरेश पराजुली यस्तो सुझाब दिन्छन्…

मधुमेह कस्तो रोग हो ?

मधुमेह, डाइविटिज वा सुगर एक प्रकारको दीर्घरोग हो । यो रोग जसलाई पनि जुनसुकै उमेरका मानिसमा पनि हुन्छ ।

साधारण भाषामा बुझ्नुपर्दा रगतमा गुलियोपन अर्थात सुगरको मात्रा बढी भएपछि देखिने रोगलाई मधुमेह भनिन्छ । यो समयमा उपचार भएन भने विभिन्न जटिलता आउँछ  ।

मधुमेह हुने कारण :

मधुमेह विभिन्न प्रकारका हुन्छन् ,सबैभन्दा बढी प्रकार २ मधुमेहमा इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा हुदैन र इन्सुलिनले उचित मात्रामा काम पनि गर्न सक्दैन । यसलाई इन्सुलिनमा निर्भर नरहने मधुमेह पनि भनिन्छ । यो मधुमेह नेपालमा सबैभन्दा बढी देखिएको छ  । यो करीब ९० प्रतिशत मधुमेह रोगीमा पाइन्छ । यो चाहि जीवनशैली बताउने रोग हो ।

मधुमेहमा कस्ता लक्षण :

५० प्रतिशत बिरामीमा मधुमेह भएपछि पनि कुनै लक्षण हुदैन । बाँकी ५० प्रतिशतमा निम्न लक्षण पर्छन ।

तिर्खा बढी लाग्ने ।

घाउहरु छिटो निको नहुने ।

पिसब बढी लाग्ने ।

भोक बढी लाग्ने ।

थकाइ  बढी लाग्ने ।

तौल घट्दै जाने  ।

हातखुट्टा झमझमाउने ।

आँखामा समस्या आउने ।

जोखिम  यो जोखिम रोग हो ।

यो दीर्घरोग पनि हो त्यसैले निम्न जोखिम हुन्छ

मधुमेह भए पछ हर्टअट्याक हुने सम्भावना  बढी हुन्छ । किड्नीमा असर भई किड्नी ड्यामेज हुने सम्भावना हुन्छ । आँखामा असर गर्ने हुन्छ । प्यारालाइसिस ह’ने सम्भावना  बढी हुन्छ ।

ध्यान दिनुपर्ने कुरा :

मधुमेहवारे जचेतना र ज्ञान हुनुपर्छ । सुगरको जाँच गराउने । सुगर भएपछि सुगरलाई कन्ट्रोल गर्नुपर्छ । जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । औषधि नियमित सेवन गर्ने । नियमित जाँच गरान’पर्छ ।

उपचार :

यस्ता खतरनाक लक्षणहरु  भएको ब्यक्तिलाई तुरुन्त चिकित्सा केन्द्रमा लैजानु पर्छ । जीवनशैलीमा नै परिवर्तन गर्ने ,खानेकुरा मिलाएर खानुपर्छ  । सुगरको औषधि डाक्टरको सल्लाहमा लिने । तनाव लिन हुदैन । नियमित ब्यायम गर्नुपर्छ ।