logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रूप ज्योतिविरुद्धको जाहेरी फिर्ता लिन विगेन्द्रले दिए निवेदन


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – ज्योति परिवारले ल्याण्डमार्क हाउजिङमा घर दिने भन्दै पैसा लिएर ठगेको जाहेरी दिएका विज्ञेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता गर्न माग गर्दै सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन्।

पूर्व अर्थ राज्यमन्त्रीसमेत रहेका रूप ज्योतिविरुद्ध मल्लले १ करोड २६ लाख रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

मल्लको जाहेरीपछि गत बिहीबार रूप ज्योति र उनको छोरी सुरुचि ज्योति पक्राउ परेका थिए । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदाललत काठमाडौंले पहिलोपटक ३ दिन र दोस्रोपटक ५ दिन म्याद थपेको छ ।

रूप ज्योतिले आफूविरुद्ध ठगीको उजुरी पर्नुअघि नै १ करोड २६ लाख रुपैयाँ मल्ललाई बुझाइ पाऊँ भन्दै अदालतमा जम्मा गरेका थिए । तर, उक्त रकम लिन नमानी मल्लले ठगी भएको भन्दै जाहेरी दिएका थिए ।