logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

यस वर्षको नेपाल गुणस्तर अवार्ड शिवम् सिमेन्टलाई


अंकुरण खबर
3.939K
Shares

काठमाडौं – यस वर्षको नेपाल गुणस्तर अवार्ड शिवम् सिमेन्ट हेटौडाले प्राप्त गरेको छ ।

आज नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शिवम् सिमेन्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले सो पुरस्कार प्रदान गरेका हुन् ।

त्यस्तै दोस्रो स्थान मारुती सिमेन्ट र तेस्रो पुरस्कार शुभ श्री जगदम्बा सिमेन्ट पर्साले प्राप्त गरेका छन् । कार्यक्तममा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्यालले राम्रा उत्पादनलाई प्रोत्साहित गर्न पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिइने जानकारी दिए ।

नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार तीनवटै पुरस्कार सिमेन्ट क्षेत्रले पाएको यो पहिलोपटक हो । विभागले प्रत्येक वर्ष ‘एन एस क्वालिटी अवार्ड’ पुरस्कार प्रदान गर्दै आएको छ ।