logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अनशन स्थगित गरेका डा. केसी फर्किए काठमाडौं


अंकुरण खबर
1.17K
Shares

१७ औं सत्याग्रहका लागि डडेल्धुरा पुगेका डा. गोविन्द केसी काठमाडौं फर्किएका छन् । उनी भर्खरै धनगढी विमानस्थलबाट काठमाडौं फर्किएका हुन् ।

डडेल्धुरामा सत्याग्रहमा रहेका डा.केसीले भारतले सीमा मिचेको विषयमा आफू पनि स्तब्ध भएको बताउँदै अहिले जारी रहेको सत्याग्रह स्थगितको घोषणा गरेका थिए ।

चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन नसक्ने उनले बताएका थिए । चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उनी डडेल्धुरामा सत्याग्रह तथा आमरण असनमा बसेका थिए ।

केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पनि गराएका छन् ।