काठमाडौं – शुक्रबार देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पश्चिमी भूभागमा दिउँसो पनि आंशिक देखि सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने भए पनि पश्चिमी पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।