अमेरिकाको क्यालिफोर्नियास्थित एउटा विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा दुई जना विद्यार्थीको मृत्यु भएको छ ।
अन्य तीन जना घाइते भएका छन् । उत्तरी लस एन्जलसको सान्ता क्लारितास्थित सौगस विद्यालयमा १६ बर्षे युवक नाथानिल बेरोले गोली प्रहार गरेका हुन् ।
गोली प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनी पनि घाइते रहेको बताइएको छ । विद्यालयमा कक्षा शुरु हुनुभन्दा केही अगाडी सो घटना भएको हो । सीसीटीभी दृश्यमा युवकले पाँच जनालाई गोली प्रहार गरेपछि आफैलाई गोली हानेको देखिएको छ ।
घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।