काठमाडौं – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज स्वदेश फर्कदैछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिने नेपल भ्रमणमा आएका उनी आज भ्रमण पूरा गरी स्वदेश फर्कन लागेका हुन् ।
मंगलबार काठमाडौं आएका राष्ट्रपति हमिदले सोही दिन भक्तपुर दरबार स्क्वायर अवलोकन गरेका थिए । बुधबार दिनभर राजनीतिक भेटवार्तामा व्यस्त भएका उनी बिहीबार पोखरा घुम्न गएका थिए ।
स्वदेश फर्कनुअघि आज उनी चन्द्रगिरी र पाटन दरबार स्कावायर भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनी आज अपराह्न करिब सवा ४ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।