logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज त्रिभुवन विमास्थल बन्द हुने


अंकुरण खबर
2.275K
Shares

काठमाडौं – आज अपराह्न चार बजे आधी घण्टा त्रिभुवन विमास्थल बन्द हुने भएकोे छ ।

आज शुक्रबार ४ बजेर ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बताएएको छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किने भएकाले सो समयमा विमानस्थल आधा घण्टा बन्द गरिन लागिएको हो ।

राष्ट्रपति भण्डारीको निम्तोलाई स्विकार गरेर चारदिने राजकीय भ्रमणमा मंगलबार नेपाल आएका बंगलादेशका राष्ट्रपति हमिद आज शुक्रबार अपराह्न करिब पाँच बजे स्वदेश फर्किँदैछन् ।