कञ्चनपुर, कृष्णपुर नगरपालिका–५ गजरौलामा बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय साइकलयात्री ६० बर्षीया तिलु देवी कुँवर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, से १ प १६५६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा धनगढीस्थित प्रदेशिक अस्पताल सेतीमा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ ।