काठमाडौं – एभीसी सेन्ट्रल जोन महिला भलिवलको उपाधि विजेता नेपाली टोली आज स्वदेश फर्कदै छ । नेपाली टिम आज दिउँसो साढे २ बजे बंगलादेशबाट प्रस्थान गर्ने छ ।
अपरान्ह पौने चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने टोलीलाई भब्य स्वागतको तयारी गरिएको छ । बाजागाजा सहित टोलीलाई स्वागत गर्ने तयारी गरिएको भलिबल संघले जनाएको छ ।
टोलीको स्वागतका लागि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी समेत विमानस्थल पुग्ने भएका छन् । परिषदले विजेता टोलीका लागि पुरस्कारको घोषणा गर्ने सम्भावना समेत रहेको छ ।
बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई हराउँदै नेपालले उपाधि हात पारेको थियो । प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनलसम्म पुगेको हो।