काठमाडौं – रौतहट बमकाण्ड र हत्याको अभियोगमा पक्राउ परेका नेपाली काँग्रेसका निलम्बित सांसद आफताब आलमको मुद्दामा आज फैसला हुने सम्भावना बढेको छ ।
जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा आलम पक्षका एकजना वरिष्ठ अधिवक्तासहित पाँचजना अधिवक्ताहरुले शुक्रवार बहस गरिसकेका छन् । बहसपछि आलमलाई साधारण तारेखमा रिहा गर्ने वा पुर्पछेका लागि थुनामा पठाउने भन्ने फैसला आउने छ ।
ज्यान मार्ने कसुर, ज्यान मार्ने उधोग र विष्फेटक पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ रौतहट क्षेत्र–२ का नेपाली काँग्रेसका निलम्बित सांसद महमद आफताब आलमको पक्षमा अधिवक्ताहरुले सोमवारदेखि बहस गरेका थिए ।
रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ ।