काठमाडौं – व्यवसायी एवं पूर्व अर्थराज्यमन्त्री रुप ज्योतिलाई छाड्न सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्र पठाएको छ ।
सरकारी वकिलको कार्यालयले व्यवसायी ज्योतिलाई हाजीर जमानीमा छाड्न प्रहरीलाई पत्र पठाएको हो ।
कार्यालयले प्रहरीलाई सो पत्र पठाएसँगै व्यवसायी ज्योति आजै रिहा हुने सम्भावना रहेको छ । काठमाडौं प्रहरीले व्यवसायी ज्योति र उनकी छोरी सुरुचीलाई कार्तिक २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
ज्योतिविरुद्ध विगेन्द्रकृष्ण मल्लले १ करोड २६ लाख रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।