logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चले सरकारसँग माग्यो सीमा विवादबारे लिखित जवाफ


अंकुरण खबर
1.066K
Shares

काठमाडौं – कालापानी क्षेत्रको सीमा विवादलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले लिखित जवाफ पेश गर्न विपक्षीहरुलाई भनेको हो ।

भारतले सुस्ता, कालापानी र लिम्पियाधुरा क्षेत्रको नेपाली भूमि अतिक्रमण गर्दा पनि सीमाना निर्धारण गर्न कूटनीतिक पहल नगरी सरकार मौन बसेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।

अधिवक्ता न्यौपानेले त्यसरी मौन नबसी आवश्यक कदम चाल्नु भनेर सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानीलगायतका क्षेत्र नसमेटिएको भारतले पत्रकार सम्मेलनमार्फत् बताएको थियो।