logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफताब आलमलाई मध्यरातमा काठमाडौं ल्याइयो : नक्खु जेल चलान


अंकुरण खबर
1.274K
Shares

पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई शुक्रबार राति ललितपुरस्थित नक्खु जेल चलान भएका छन् । शुक्रबार जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो।

अदालतले आलमलाई सुरक्षाको दृष्टिकोणले उपयुक्त कारागारमा राख्न आदेश दिएकाले नक्खु कारागार चलान गरिएको हो। जिल्ला अदालत रौतहटका न्यायधीश दीपक ढकालले १२ वर्षअघि भएको बम बिस्फोट घटनाका  घाइतेलाई इँटाभट्टामा जलाइएको आरोप लागेको आलमलाई थुनामा राख्न आदेश दिएका थिए ।

जाहेरवाला, पीडित र सरकारका साक्षीहरुको सुरक्षा प्रदान गर्नुको साथै आवश्यकताअनुसार संरक्षण गृहमा राख्न अदालतले आदेश दिएको छ।  आठ दिनको थुनछेक बहसपछि शुक्रबार अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। कसुरको प्रकृति र गम्भीरता र बादीको साक्षी प्रमाणहरुलाई प्रतिकूल प्रभाब पार्न सक्ने भएकाले कारागारमा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ ।

यस्तो छ आलमलाई थुनामा पठाउने आदेश जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले अदालतले कर्तव्य ज्यान, बिस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगको आरोपित आलमलाई मुद्दाको विशेषता, गम्भीरता, संवेदनशीलतालाई ध्यानमा राख्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा १ ख बमोजिम थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको जनाएका छन् ।

आलमसहित ११ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरे पनि अन्य १० जना अझै फरार रहेका छन् ।