logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली, दिनभर कस्तो रहला ?


अंकुरण खबर
1.391K
Shares

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका केही स्थानको मौसममा असर परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पाकिस्तान तथा आसपासका क्षेत्रमा पश्चिमी न्यून चापीय प्रणाली बनेको छ । दक्षिण–पश्चिम बंगालको खाडीबाट मध्य–पूर्वी बंगालको खाडीसम्म न्यून चापीय रेखा कायम छ ।

यसैगरी भारतको राजस्थानमा न्यून चापीय प्रणाली विकशित भएकाले यी मौसमी प्रणालीको प्रभाव नेपालमा परेको हो । हाल देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ ।

तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । आइतबार दिनभर पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

मध्य पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटफुट वर्षाको सम्भावना रहेको जनाइएको छ ।