logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यू-१९ च्यालेन्जर्स : तेस्रो स्थानका लागि नेपाल भारत सी विरुद्ध खेल्दै


अंकुरण खबर
1.495K
Shares

काठमाडौं – भारतमा जारी यू-१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो स्थानका लागि नेपालले अहिले भारतको सी टिमसँग प्रतिस्पर्धा गरिरहेको छ ।

हैदरवादमा भएको खेलमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ ।

नेपाल र भारतका तीन टिम गरी कूल चार टिमको सहभागी यस प्रतियोगितामा नेपालले सबै खेलमा पराजय भोगेको थियो ।

आज नेपाल जित निकाल्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न चाहन्छ ।

नेपाल पहिलो खेलमा भारतको सी टिमसँग १० विकेटले, दोस्रो खेलमा ए टिमसँग १ सय ७ रन र बी टिमसँग २ विकेटले पराजित भएको थियो ।