logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


अंकुरण खबर
949
Shares

काठमाडौं – कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी बजारनजिकै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

गयराति करिब १० बजे अन्टेष्ट नम्बरको मोटरसाइकल बिग्रिएर रोकी राखेको ट्रकमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा कृष्णपुर नगरपालिका–३ का २४ वर्षिय दिनेश राना र २० वर्षिय सुनिल रानाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीले  जानकारी दिएको छ ।

घाइते दुवैजनाको उपचारको क्रममा सेती अञ्चल प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जनाइएको छ ।