काठमाडौं – मकवानपुरको भिमफेदी कारागारबाट गएराति एक कैदी फरार भएका छन् ।
कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय भोगिरहेका ३० वर्षीय कुलदीप राज धामी फरार भएका हुन् ।
कारागार वरीपरी १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै कारागार प्रशासनले खोजी र अनुसन्धान शुरु गरेको छ ।