logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु


अंकुरण खबर
793
Shares

काठमाडौं – काभ्रेको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नंको स्कुटर दुर्घटनामा भीमदत्त नगरपालिका-६ की १९ बर्षीया अनुपमाकुमारी राउतको मृत्यु भएको हो । शनिवार भएको दुर्घटनामा घाइते राउतको आज विहान उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा घाइते स्कुटर चालक रामेछाप मन्थलीका गोपाल बोहराको अस्पतालमा उपचार भैरहेको छ ।