काठमाडौं – धनगढी विमानस्थल आज आइतबार दिउँसो ३ बजेदेखि बिहान ७ बजे सम्म एक महिना बन्द हुने भएको छ ।
एक वर्षको अवधि तोकेर धनगढी विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको ठेक्का सम्झौता मर्मतका लागि भएको विमानस्थल मर्मतको बाँकी काम पूरा गर्न पुनः बन्द गर्न लागिएको हो । विमानस्थल बन्द हुने भएपछि धनगढी–काठमाडौं–धनगढीका उडान प्रभावित हुने भएका छन् ।
धावनमार्ग र पार्किङस्थल निर्माणका लागि विमास्थल बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिएका छन् ।
बुढथापाका अनुसार, विमानस्थलको १ हजार ८ सय मिटर लामो धावनमार्गमध्ये ४ सय २० मिटर काम बाँकी छ । धनगढीबाट अहिले श्री यएरलाइन्स, बुद्धले दैनिक र नेपाल एयरलान्सले हप्ताको ३ दिन धनगढी–काठमाडौ–धनगढी उडान भर्दै आइरहेका छन् । नेपाल एयरलाइन्सको विमानले भने आइतबार, मंगलबार र विहिबार नियमित रुपमा नै उडान भर्ने जनाइएको छ ।