logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पर्सामा बाख्रापालक किसानको गोठमा आगलागी, ठूलो संख्यामा चौपायाको मृत्यु


अंकुरण खबर
910
Shares

काठमाडौं – पर्साको पटेर्वासुगौली गाउँपालिकामा भएको आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ।

आज बिहान गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेका हुन्।

धुनियाको गोठमा भएको आगलागीमा परी बाख्राका पाठा १८, पाठी २६, बाख्रा आठ, विदेशबाट ल्याएका उन्नत जातको बोका दुई र ५० वटा परेवाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

लामखुट्टे धपाउन बालिएको घूरबाट आगो सल्की गोठमा आगलागी भएको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

गोठमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र पोखरियाबाट गएको वारुणयन्त्रको मद्दतले नियन्त्रणमा लिइएको थियो ।