logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

माथिल्लो त्रिशूली थ्री ‘ए’ को उदघाटन आज


अंकुरण खबर
2.314K
Shares

काठमाडौं – ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ विद्युत आयोजनाको आज औपचारिक रुपमा उदघाटन हुने भएको छ ।

चैतदेखि नियमित विद्युत् उत्पादन सुरु गरेको यो आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनले उदघाटन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उदघाटन गर्ने कार्यक्रम छ ।

आयोजनाले मुलुकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान दिने विद्युत प्राधिकरणले जनाएको छ । माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना १२ अर्ब ६० करोड रुपैयाँको लागतमा निर्माण भएको हो ।