logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको नाइट क्लबमा यसरी नाचे


अंकुरण खबर
3.029K
Shares

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंको ठमेलमा रहेको नाइट क्लबमा मध्यरातमा गएर केही घण्टा बिताएर फर्किएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र राति ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिङ्क्स) लाउन्जमा पूर्वयुवराज्ञी हिमानीसहित साथीहरुसँग गएका हुन् ।

पूर्वराजा शाह, हिमानी र प्रेरणासहितको टोली राति साढे ११ बजेतिर लाउन्जमा पुगेको थियो । उनीहरु झण्डै राति एक बजे फर्किएको लाउन्जका सञ्चालकले जानकारी दिएका छन् ।

शाह पूर्व जानकारी बिना नै अचानक आएको र केहीबेर नाचेको पनि सञ्चालकले बताए । पूर्वराजा शाहले रातो र चन्द्र सूर्य बोलको गीतमा नाचेका हुन् । हिमानी तथा प्रेरणासँग नायिकाहरु केकी अधिकारी र रिमा विश्वकर्माले तस्बिर समेत खिचाएका छन् ।