काठमाडौं – दाङको तुल्सीपुरबाट नेपालगन्ज जादै गरेको ना ५ ख ६४४९ नम्बरको बस बाँकेको राप्तीसोनारी गाउँपालिका -१ कुसुम मोडमा दुर्घटना भएको छ । सोमबार बिहान बस ८० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते भएका मध्ये दाङ तुल्सीपुरकी आसा बस्नेत, कोहलपुर नगरपालिका-११ की जानकी पुन र गाडीका सह चालक राप्तीसोनारी-३ का भिम बहादुर बस्नेतलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाईएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जानकारी दिएको छ ।
घाईतेहरुको अहिले उद्दार कार्य जारी रहेको छ ।