logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै माथिल्लो त्रिशूली थ्री ‘ए’ को गरे उदघाटन


अंकुरण खबर
754
Shares

hnljB''t pb3f6g ub}{} k|wfgdGqL cf]nL sf7df8f}F, @ d+l;/ -/f;;_ M k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ l;+xb/af/sf] PS;g ?daf6 ^) d]ufjf6 lqz''nL y|L P hnljB''t cfof]hgfsf] l8lh6n k|ljlwaf6 pb3f6g ub}{} . t:jL/ M rGb|snf If]qL

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार भित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना उदघाटन गरेका छन् ।

रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर गरेका हुन् ।

काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेबाट एकसाथ उदघाटन गरे ।

आज उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ । यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।