logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मधेशी र समावेशी आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश


अंकुरण खबर
1.196K
Shares

काठमाडौं – मधेशी आयोग र समावेशी आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा आयोगको वार्षिक कामकाजको विवरण र समीक्षासहितको लेखाजोखा समेटिएको छ । आयोगका अध्यक्ष द्वयले राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन ।

मधेशी आयोगका अध्यक्ष डा। विजयकुमार दत्त र समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन बुझाएका थिए ।

नेपालको संविधानको धारा २९४ ले संवैधानिक निकायले आफूले गरेको काम कारबाहीको वार्षिक प्रति राष्ट्रपति समक्ष पेश गर्नेछ । उक्त धाराले राष्ट्रपतिले प्रधानमन्त्री मार्फत् प्रतिवेदनको प्रति संघीय संसद समक्ष पेश गर्न लगाउने व्यवस्था गरेको छ ।