logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वी पहाडमा हल्का वर्षाको सम्भावना, अन्य क्षेत्रको मौसम कस्तो रहला ?


अंकुरण खबर
897
Shares

काठमाडौं – खास प्रभाव पार्ने मौसमी प्रणाली नरहे पनि देशका केही क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको मध्य भूभाग लगायत पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको हो । बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

मंगलबार पूर्वी तथा मध्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।