logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

खोलामा डुबेर तीन वर्षीय बालकको मृत्यु


अंकुरण खबर
2.041K
Shares

काठमाडौं – खोटाङको खोटेहाङ गाउँपालिका–७ रातामाटामा सोमबार दिउँसो सावाखोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय हिमाल राईको ३ बर्षीय छोरा साहिल राई रहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । इलाका प्रहरी कार्यालय खोटाङबजारका अनुसार बालकको खेल्ने क्रममा घर नजिकै रहेको सावाखोलामा डुबेर मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।