logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बुहारीको पद जोगाउन प्रचण्ड लागि परेको समाचार आएपछि निजी सचिवालयको विज्ञप्ती


अंकुरण खबर
806
Shares

काठमाडौं – सत्तारुढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खानेपानी तथा सरसफाई मन्त्री बिना मगरको मन्त्री पद जोगाउन हदैसम्मको प्रयास गरेको समाचार बाहिरिएको प्रति अध्यक्ष प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ ।

प्रचण्डको निजि सचिवालयले मंगलबार एक विज्ञप्ती जारी गदैँ वर्तमान सरकारमा सहभागी मन्त्रीहरुको विषयमा प्रचण्डलाई जोडेर आएको समाचारको खण्डन गरेको हो । ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चार माध्यमा प्रकाशन तथा प्रसारित भ्रामक समाचारको हाम्रो सचिवालयले घोर खण्डन गर्दछ ।’ विज्ञप्तीमा लेखिएको छ ।

मन्त्री मण्डल फेरबदलको पुर्ण क्षेत्राधिकार विषय प्रधानमन्त्रीको रहेकाले त्यसमा प्रचण्डले कुनै हस्तक्षेप नगर्ने  सचिवालयले स्पष्ट पारेको छ ।