logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मार्क इन्टरनेशनल किड्नी सेन्टरमा मंसिर महिनाभर निशुल्क ओपीडी सेवा सञ्चालन


अंकुरण खबर
2.08K
Shares

कलंकिस्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरले अहिले दैनिक निशुल्क ओपीडी सेवा सञ्चालन गरिरहेको छ ।

मंसिर महिनाभर चल्ने ओपीडी सेवामा निशुल्क उच्च रक्तचापको परीक्षण लगाएत मृगौला स्वस्थ राख्ने उपायबारेमा परामर्श दिने किड्नी सेन्टरले जनाएको छ ।
पछिल्लो समय विभिन्न कारणले मृगौलाका रोगी बढ्दै गएको अवस्थामा मृगौलालाई स्वस्थ राख्न थोरै भए पनि चेतना फैलाउने हेतुले सेवामूलक भावले निशुल्क ओपडी सेवा सञ्चालन गरेको किड्नी सेन्टरका अध्यक्ष डा.अर्चन शम्शेर राणाले बताए । अहिले दैनिक लगभग ५० जनाले सेवा लिएको र पछिल्ला दिनमा अझ धेरै सेवाग्राहीले लाभ लिने अपेक्षा रहेको  किड्नी सेन्टरले जनाएको छ । ओपीडी सेवा विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म  सञ्चालन हुन्छ ।