logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालाजुबाट सुनका गर गहना चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ


अंकुरण खबर
2.314K
Shares

काठमाडौं – काठमाडौंको बालाजुबाट सुनका बिभिन्न गर गहनाहरु चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

सिन्धुली घर भई हाल काठमाडौं बनस्थली बस्ने २३ वर्षीय कुमार भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

बालाजुका कृष्ण प्रसाद फुँयालको घरबाट करिब ३ लाख ८५ हजार मूल्य बराबरको सुनका बिभिन्न गर गहनाहरु चोरी गरिरहेको अवस्थामा भुजेललाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।