logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ


अंकुरण खबर
3.185K
Shares

काठमाडौं – पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् । गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा खेल्दै गरेकी बालिकाको घरमा पुगेको गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको आफन्तले बताएका छन् । बालिकाको पृथ्वीचन्द अस्पतालमा मेडिकल परीक्षण गरिएको छ ।

पक्राउ परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।