logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोहोरो नागरिकता लिने एक पक्राउ


अंकुरण खबर
3.328K
Shares

नेपाल र भारतबाट दोहोरो नागरिकता लिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको महागढिमाई नगरपालिका–३ का डा.वीरेन्द्र प्रसाद कलवारलाई दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँका मोहन प्रसाद जैसवालले दिएको उजुरीको आधारमा डा.कलवारलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । कलवार भारतीय नागरिक रहेको र गलत तरीकाले झुठो कागजात पेश गरि नेपाली नागरिकता लिएको आरोप छ ।

उनले गंजभवानीपुरमा करिव डेढ दशकदेखि औषधि पसल सञ्चालन गर्दै आएका थिए ।

पक्राउ परेका कलवारलाई आज बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।