logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्व. प्रकाश दाहालप्रति श्रद्धाञ्जलि अर्पण


अंकुरण खबर
832
Shares

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता स्व प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा आज उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

दाहालको २०७४ मङ्सिर ३ गते निधन भएको थियो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा अध्यक्ष दाहालले स्व प्रकाशको तस्वीरमा माल्यार्पणसहित स्मरण गरेका थिए ।

कार्यक्रममा नेकपाका नेता जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, खानेपानीमन्त्री बीना मगरलगायतको सहभागिता थियो ।