logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकप फुटबलको दोस्रो छनौटमा नेपाल कुवेतसँग १-० गोलले पराजित


अंकुरण खबर
806
Shares

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको होम खेलमा नेपाल पराजित भएको छ ।

भुटानको थिम्पुमा आज भएको खेलमा नेपाल कुवेतसँग १-० गोलको अन्तरले पराजित भएको हो । चाङ्लिमिथाङ रंगशालामा कुवेतलाई जित दिलाउन कप्तान बदर अल मतवाले निर्णायक गोल गरे । उनले पहिलो हाफको २८ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

कुवेतविरुद्ध नेपालले पनि गोलको अवसर पाएको थियो । तर, नेपालले त्यसलाई सदुपयोग गर्न सकेनन् । सुजल श्रेष्ठको क्रसमा २२ औं मिनेटमा अभिषेक रिजालले डिबक्सभित्रबाट गरेको प्रहार आकाशिएको थियो ।

यस्तै ४० औं मिनेटमा रोहित चन्दको प्रहार कुवेती गोलकिपरले मुस्किलले बचाए । यस अघि नेपाल अवे खेलमा कुवेतसँग ७-० ले पराजित भएको थियो ।