डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ परेका छन्।
२२ वर्षीया बुहारी बलात्कारको आरोपमा ३९ वर्षीय ससुरा पक्राउ परेका हुन्। सोमबार साझ उनले बुहारी नाता पर्ने २२ वर्षीया महिलामाथि कोठमा नै गएर बलात्कार गरेका उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जबरजस्ती करणी गरेको उजुरीपछि सोमबार राति नै ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । जबर्जस्ती करणी मुद्दा चलाइ थप अनुसन्धान गरिएको बताइएको छ ।