काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बोलाइएको हो । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत छलफल हुने जनाइएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेको जानकारी दिएका थिए ।
नेकपा एकताको अधिकांश काम सकिए पनि केही कमिटीको काम अझै बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।