काठमाडौं – नेपाली कांग्रेसका दूई नेताबिच आज बिहान ८ बजेतिर विरगञ्जमा कुटाकुट भएको छ ।
कांग्रेसबाट प्रदेशसभा सदस्य रहेका ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगञ्ज नगर सभापति भोला कलवारबीच स्थानीय आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि सडकमै कुटाकुट भएको हो ।
शुरुमा एक अर्काबीच गाली गलौज भए पनि अन्ततः हानाहानमा उत्रिएका थिए । हानाहानबाट रगतपच्छे भएका उनीहरुलाई स्थानीयले छुट्टाएर मेडिकलमा पुर्याएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्राप्त समाचारमा बताइएको छ ।