logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिलाई भेटन ओली-प्रचण्ड पुगे शीतलनिवास


अंकुरण खबर
1.742K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद पुनर्गठनबारे छलफल सकेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

बुधबार बिहान ओली र प्रचण्ड शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग छलफल गरेका हुन् ।

दुबै अध्यक्षले बुधबार बिहान बालुवाटारमा छलफल गरेका थिए । उक्त छलफलमा नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी रहेको बताइएको छ । छलफल सकिएलगत्तै ओली र प्रचण्ड राष्ट्रपति भण्डारीसँग छलफल गर्न पुगेका हु्न्।

बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी रहेको स्रोतले जानकारी दियो ।