logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बसुन्धाराबाट प्रहरीलाई घुस दिन खोज्ने महिला पक्राउ


अंकुरण खबर
1.508K
Shares

काठमाडौं – प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।

वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५० हजार घुस दिन खोज्ने होटलका सञ्चालक ४० वर्षीया सोममाया राईलाई मंगलबार राति पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा प्रहरीलाई घुस दिन खोजेपछि राईलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी राईलाई आवश्यक कानूनी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको वृत्तले जनाएको छ ।