सिरहाको लहानबाट ‘गायब’पारिएको नेपाल आयल निगमको ट्यांकर धनुषाको सपहीमा भेटिएको छ ।
निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतबार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोही रात सिरहाको लहानबाट गायब भएको थियो ।
आइतबार राति करिब १२ बजेको समयमा लहानस्थित हुलाक कार्यालय अगाडि विश्राम गर्नका लागि पार्किङ गरिएको अवस्थामा ट्यांकरलाई अपहरणकारीले कब्जामा लिएका आयल निगमले जनाएको छ ।
६/७ जना नकाबधारीले ट्यांकरका चालक र सहचालकलाई आँखामा पट्टी बाँधेर गाडीमा राखेर बर्दिबास र लालबन्दी बीचको जंगलमा लगेर छोडेर ट्यांकर लिएर भागेको बताएका थिए ।
ट्याकंर फेला परेपनि ट्याकर गायब पार्ने समूहलाई प्रहरीले अझै फेला पार्न सकेको छैन् ।